“ रामविलास मर्यो! ”
“ रामविलास मर्यो! ”
गाउँभरि यो कुरा धुवा झै फैलियो। मानिस मुखामुख गर्न थाले। कुरोको चुरो निकाल्ने र नालिबेली खोज्ने एकातिर र आशुको लर्को बगाइरहेका र उराठ मुख लगाएका अर्कातिर थिए। समबेदना र श्रद्धाञ्जलीले उसको निष्क्रिय शरिर चलिरहेको थियो। उ मस्त निदाइरह्यो। एक लामो निद्रामा। उसको आमा आशुका बिरहले विलाप गरिरहेको थिइ “ए रामविलास! ए रामविलास! उठ्न रे, त किन उठ्दैनस।”
“ए तिमीहरु जाओ सब ! मेरो रामविलास अलि ढिलो उठ्छ। जाउ तिमीहरु! ” उसका विलापहरुले आक्रोश सग आफुलाई जोडिरहेका थिए। रिता मैया अबुझ थिइ। तर यति त उसले बुझिसकेकि थिइ कि रामविलास अब सधैंका लागि निदाएको थियो। उसको निन्द्रा अब कहिल्यै पुरा हुनेवाला थिएन। तर उ आमा हो अपुग सहि, तर प्रयास उ गरिरहेकि थिइ। उ अझ एक झिनो आशामा थिइ कि रामविलास उठ्ने छ र आफ्नो पुरानो एटलसको साइकल लिएर गाउको एक फन्को मार्ने छ । एकछिन चिया पसलमा रहेको गोरखा पत्रको पुरानो अखबार जुन चिया पसलले जलेबी लपेट्न राखेको थियो , कुरा कुरामा सुट्काउने छ र घर पुगेर त्यसमा भएको सामान्य ज्ञानका प्रश्नहरु उत्तर सहित आफ्नो कापीमा सार्ने छ, सबै काम सकेर उ फेरि साँझपख गाउ डुल्न जाने छ, तर यसपल्ट उ साइकल आगनमै छोडेर जाने छ , उ परवानीको घर भएर जाने छ, यहि बहानामा कि एक पटक उसलाइ हेर्ने सकोस।
तर रामविलास उठेन्। आगनमा बासको सैया उसलाइ लामो निन्द्राको आरामदायी सफर तर्फ डोर्याउन सजिदै थियो। विरहका आँशुहरु अञ्जुलीमा थापेर चारै तर्फ छरिदिए गंगाजल हुदो हो रिता मैयाको । तर फगत त्यो तृप्तिका छिटाहरुले नि टसमस भएन रामविलास। सायद उ उठ्न नचाहादो हो कि? नत्र रिता मैयाको विलापले उ कसो नउठ्दो हो? के यति अंहकारि थियो त्यो निन्द्रा उसको? के उ यति स्वार्थी थियो? !?!? सायद, सायद उसको स्वार्थ ठुलो थियो । सायद उसले जागर चलाएन। नत्र बिष्णुका आखा कपाउने विलाप रामविलासलाइ किन नउठाउदो हो ।
तर रामविलास उठेन। रिता मैयाका हात समातेर उनलाइ रामविलास बाट टाढा लगियो। उसरी नै जसरी उनले रामविलासलाइ जन्म दिदा लगिएको थियो। किन खोसिएको थियो रामविलास? हरेक पटक उसकि आमा बाट! कयौं प्रश्न थिए , उत्तर कतै थिएनन्।
रामविलासलाइ काधमा उठाइयो त्यसरी नै जसरी हरिहरले पहिलो पटक उठाएका थिए काधमा र ति हरेक पहिलोपटक जुन रामविलासले जियो , ति हरेक नया अनुभबमा हरिहरले काधमा उठाएका थिए। पहिलो पटक उसलाइ काधमा स्कुल लगेर गएका , पहिलो पटक उसलाइ जलेबी दुकानमा लगेका, पहिलो पटक घरमा रेडियो ल्याउदा एक काधमा रामविलास र अर्को काधमा रेडियो थियो उनको। ति हरेक पहिला अनुभवमा हरिहरले रामविलासलाइ काधमा उठाएका थिए। अनि यो पहिलो अनुभवमा पनि चार काधमा एक काध हरिहरकै थियो। उनको मानसपटलमा ति हरेक दिनहरु फन्को मार्न थाले। हरेक दिनहरु उनि एकपटक फेरि जिउन चाहादै थिए तर त्यहा केहि अनौठो थियो। हरेक पहिलो पटक जब हरिहर रामविलासलाइ काधमा उठाउथिए तब उनको चेहेरामा खुशीले छाएको रौनकले उनलाइ अझ बढि सुन्दर बनाइदिन्थ्यो । तर अहिले हरिहर ज्यादै कुरुप देखिएका थिए। उनिले त्यो दिन सम्झिए जब रामविलास जन्मिएको थियो। पुरानो दाउराले लिपेको घरको पछाडिको कुनामा रहेको एक सानो कोठा जहा उ घ्याँ घ्याँ गरि रोइरहेको थियो उति बेला नै हर्षले बिस्मात भइ उनले रामविलासलाइ काधमा उठाएर रितामैया देखि टाढा लगेका थिए। र त्यहि कुरा फेरि दोहोरिदै थियो। यसपटक हरिहर चाहेर पनि रामविलासलाइ रिता मैयाको कोखमा बसाउन सक्दैन थिए। रामविलासको त्यो बोझ उनको कोखले कसरी सहने?
समय बालुवा झै चिप्लियो । हिजो मात्र ताते ताते गर्दै डुल्ने रामविलास आज उसको बोलि केबल परिकल्पना रहेको थियो। उसको अस्तित्व केबल सम्झनाको कुममा अडिन पुग्यो र उ हिड्यो। उ हिडेको त निकै समय भइसकेको थियो तर उसको पार्थिव शरीर अझै त्यो मोहमा थियो कि उ फेरि जिओस। उ एकचोटी फेरि बुबाको काध चढेर घुमोस र आमाको हातको लड्डु लिएर गाउँभरिका साथि लाइ जिस्काउदै खाओस्। दिनभरि साथि सग गाउ डुलोस र साझ भरि किताबहरुमा लुटपुटियोस्। रामविलास अकल्पनीय थियो । उसको व्यवहार र व्यक्तित्व बच्चा जसै निर्मल थियो। छल, कपट, कुन्ठा ति शब्दहरु नेपाली शब्दकोशमा छन भन्ने मात्र थाहा थियो तर वास्तविकतामा यिनिहरुको अर्थ उसले कहिल्यै बुझेन।
……$$…… एक लामो सुस्केरा शङ्ख बाट निस्कियो जुन अबेलाको सङ्केत जसरि खट्किन थाल्यो। रामविलासलाइ घरको आगनि, छिमेकको आगनि गर्दै चौबाटो बाट ढल्किदा सम्म रिता मैयाले दुरि बढे अनुसार आफ्नो स्वरको चर्काटहट बढाइन्। तर यति चर्को स्वर रामविलासको कानमा कसरी परेन? नत्र आमाले विस्तारै “ए रामविलास ” भन्ने बित्तिकै तिनघर पर टिभि हेर्दै गरेको रामविलास तुरुन्त घर पुगिसक्थ्यो। तर उ त अझ टाढिदै थियो। साँचिकै, कोहि यसरी टाढिन्छन हाम्रो जिवनबाट कि तपाइ चाहेर नि भेट्न सक्नु हुदैँन, केबल दुरि बढेको देख्न सक्नुहुन्छ तर उसलाइ त फरक नै परेको थिएन।
रामविलासले यस पल्ट गाउ मात्र छोडेको थिएन। उसले आफ्नो कोठामा भएका एक हुल सम्झना छोडेको थियो। उसले रामखेलावन, परशुराम, सुर्जित जस्ता घनिष्ठ साथी छोडेको थियो । अझ भन्ने हो भने उसले परवानीलाइ छोडेको थियो।
परवानी रामविलास कि घनिष्ठ साथी हो ।
Part
2…… still loading
Comments
Post a Comment